मन्त्री पद्माकुमारी अर्यालको संक्षिप्त जीवनी

नेपाल सरकारका भूमि व्यवस्था सहकारी एवं गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको जन्म वि.सं. २०२५ साल पुष १८ गते स्याङ्जा जिल्लाको थुमपोखरा–तमादीमा भएको हो । माता तारादेवी अर्याल र पिता गुप्तप्रसाद अर्यालको कोखबाट जन्मनुभएकी अर्यालले स्याङ्जा जिल्लाको जनसेवा निमाविबाट आफ्नो औपचारिक अध्ययनको प्रारम्भ गर्नुभएको थियो । स्याङ्जा जिल्लाकै पूनर्मित माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँले भक्तपुर बहुमूखी क्याम्पसबाट स्नातकसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ ।

अर्याल विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा होमिनुभयो । वि.सं. २०३९ सालमा स्कूले जीवनमा नै उहाँ तात्कालीन भूमिगत माले र अनेरास्ववियुको कार्यकर्ताका रुपमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनार्थ सञ्चालित आन्दोलनमा सहभागी हुनुभयो । वि.सं. २०४५ सालसम्मको अवधिमा अर्यालले अनेरास्ववियुको प्रारम्भिक कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी लगायतका जिम्मेवारीमा रहेर शैक्षिक मुद्दाहरुको पैरवी र विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभयो ।

अर्याल तात्कालीन मालेको युवा लीगको इलाका, क्षेत्र हुँदै वि.सं. २०४५ सालमा तात्कालीन माक्र्सवादी–लेनिनवादी (माले) को पेशेवर कार्यकर्ताका रुपमा पूर्णकालीन राजनीति प्रारम्भ गर्नुभएको थियो । राजनीतिक आन्दोलनमा क्रियाशील भएको झण्डै आठ वर्षपछि उहाँले वि.सं. २०४७ असोजमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । वि.सं. २०४६ देखि २०५९ सम्म अर्याल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी र विभिन्न सामाजिक संस्थाहरुका रही राजनीतिक र सामाजिक आन्दोलनको नेतृत्व गर्नुभयो । अर्याल वि.सं. २०५९ सालमा नेकपा (एमाले) को अञ्चल कमिटीमा आवद्ध हुनुभयो । वि.सं. २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा अर्याल नेकपा (एमाले) को तर्फबाट सामानुपातिक सभासदमा निर्वाचित हुनुभयो । त्यस अवधिमा संविधान सभामा रहेर उहाँले संविधान सभाको प्राकृतिक स्रोत तथा राजश्व बाँडफाँड समिति र व्यवस्थापिका–संसदको विकास समितिमा रहेर संविधान निर्माण र समग्र देश एवं स्याङ्जा जिल्लाको विकासमा समेत महत्वपूर्ण काम गर्नुभएको थियो ।

अर्याल वि.सं. २०६७ सालमा तात्कालीन नेकपा (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा निर्वाचित हुनुभयो । वि.सं. २०६९ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट उहाँ नेकपा (एमाले) को जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो । वि.सं. २०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट अर्याल पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो, त्यसपछि उहाँले पार्टीको स्याङ्जा जिल्ला ईञ्चार्जको भूमिकामा रहेर काम गर्नुभयो ।

उत्पीडित जाति, लिङ्ग र समुदायको हकहितका पक्षमा निरन्तर उभिने अर्यालले राजनीतिक र लैङ्गिक जागरणका क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्नुभयो । उहाँसँग अखिल नेपाल महिला सङ्घको गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी अध्यक्ष, अञ्चल कमिटी ईञ्चार्ज हुँदै केन्द्रीय कमिटीको सचिवको अनुभवसमेत छ । त्यसका साथै अर्यालले जिल्लाका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक जागरण, उत्प्रेरणा र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नुभयो ।

अर्याल राजनीतिक आन्दोलनका क्रममा पटकपटक हिरासत र जेल पर्नुभयो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहेकै बेला स्कूले जीवनमा उहाँलाई वारेण्ट जारी गरियो, वि.सं. २०४५ को नाकाबन्दीकै अवधिमा उहाँलाई पक्राउ पूर्जी जारी गरियो । २०४६ सालको जनआन्दोलनका क्रममा फागुनमा उहाँ गिरफ्तारीमा पर्नुभयो, अर्याललाई पोखराको हिरासतमा राखियो । वि.सं. २०४६ साल चैत्र २६ गते जनआन्दोलन सफल भएपछि अर्याल रिहा हुनुभयो । २०६२÷०६३ को निरङ्कुश राजतन्त्रविरोधी आन्दोलनमा अर्यालको सक्रिय नेतृत्व रह्यो । उहाँ फेरि गिरफ्तारीमा पर्नुभयो । त्यस अवधिमा उहाँ स्याङ्जा र काठमाडौंमा गरी करीब १ महिना हिरासतमा बस्नुभयो ।

वि.सं. २०७४ मंसीर २१ गते सम्पन्न सङ्घीय निर्वाचनमा अर्यालले स्याङ्जा क्षेत्र नं.–२ बाट ३५,१४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि अर्याल वि.सं. २०७४ चैत्र २ गते नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभयो । वि.सं. २०७५ भदौ १८ गतेदेखि उहाँ नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

मन्त्री अर्यालको गतिशीलता, दृढ आत्मविश्वासका कारण राजनीतिक र सामाजिक जीवनको अग्रगामी रुपान्तरण, न्याय, समानता र स्वतन्त्रताका पक्षमा निरन्तर जनपक्षीय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले बङ्गलादेश, भारत, दक्षिण अफ्रिका, चीन, स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशहरुको भ्रमण गर्नुभएको छ । मन्त्री अर्यालको परिवारमा बुवा–आमा, श्रीमान, १ छोरा र १ छोरी हुनुहुन्छ ।

Restaurant of the Year

The Chicago Morning Herald Good Food Guide 2016

Awarded Three Hats

The Chicago Morning Herald Good Food Guide 2016

Placed at Number Four

Chicago Traveller Top 100 Restaurants 2016

Awarded Three Stars

Chicago Traveller Restaurant Awards 2016

The Omnivore's Dilemma

The Botany of Desire